काठमाडौँ । सत्ता गठबन्धनमा रहेको जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यङ्ग्य गरेका छन् । प्रचण्ड र प्रधान मन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लेखेको पत्र बाहिर आएपछि बाबुरामले यस्तो व्यङ्ग्य गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत भित्र भित्र राष्ट्रघात र बाहिरबाहिर राष्ट्रवाद गरेको भन्दै भित्र खाओवाद र बाहिर माओवाद भएका छन् । नेपाली राजनीति जबसम्म यस्तो प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश नबन्ने पनि उनले उल्लेख गरे ।
भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!
— Baburam Bhattarai (@brb1954) February 6, 2022




