विश्वकर्माको परिवारलाई पत्रकार महासंघको सहयोग

काठमाडौँ । नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकार एलबी विश्वकर्माको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड-१९ को महामारीका बेला बिरामी भएर अस्पताल पुग्दा समेत आर्थिक अभाव र अस्पतालको लापरबाहीले उपचार नपाएर अल्पायुमै निधन भएका २५ वर्षीय पत्रकार विश्वकर्माको परिवारलाई महासंघले राहत उपलब्ध गराएको हो ।

महासंघको कार्यालयमा आइतबार वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मामार्फत उनकी श्रीमती निर्मला विकलाई राहत हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ बेलायत शाखाको सहयोगमा महासंघले विश्वकर्माको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको महासचिव रोशन पुरीले जानकारी दिए ।

टिभी टुडेमा कार्यरत अछामका विश्वकर्माको गत माघ ६ गते बिहान पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । पत्रकार विश्वकर्माका श्रीमती र साढे तीन वर्षे छोरा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री