३ हजार ५४० संक्रमित थपिए, ६ हजार ३५९ निकाे भए

पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ९ हजार ९१० जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८३ हजार ९९९ रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना डिस्चार्ज भएका छन् भने ४ दिनमा ३२ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप