केपी ओलीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ।

संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन्।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई …

प्रतिकृया दिनुहॊस