शेयर बजारमा उच्च अंककाे वृद्धि, एकैदिन १०५.५५ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। कारोबारमा आएदेखि नै बढ्न थालेको बजार अन्तिममा १०० अंकभन्दा माथि पुगेको छ।

आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई २ हजार ८८५.५३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले वृद्धि भई ५३८.५३ बिन्दुमा पुगेको छ।

आज २३१ वटा धितोपत्रको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ६ अर्बमा ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल, लिवर्टी इनर्जी, शिभश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैँक र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्।

कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २६ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो। आज सबै समूहको परिसूचकमा वृद्धि आएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री