फेरि अनिश्चित बन्याे राष्ट्रिय सभाकाे बैठक

राष्ट्रिय सभाको बैठक फेरि अनिश्चित बनेको छ। संघीय संसद् सचिवालयले आइतबार एक सूचना जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने जानकारी गराएको हो।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको उल्लेख छ। राष्ट्रिय सभाको बैठक सोमबार दिनको एक बजे बस्ने गरी आह्वान भएको थियो।

आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भने माघ २६ गते दिनको एक बजेका लागि सरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री