धरानमा खोप लगाएकी संक्रमितको मृत्यु

काठमाडौँ । धरानमा कोभिडविरुद्धको खोप लगाएकी ७२ वर्षीया कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गएराति मृत्यु भएको हो ।

उनलाई १४ गते मात्र कोभिड पुष्‍टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकी थिइन् । प्रतिष्‍ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलका अनुसार संक्रिमतलाई मधुमेहको समस्या थियो ।

प्रतिष्‍ठानमा हालसम्म ४ सय ३० संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री