काठमाडौँ । बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका-३ मा सोमबार राति रथले किचेर अन्य १६ जना घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल-७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् ।
दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थापाका अनुसार बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।
प्रहरी नायब उपरीक्षक थापाका आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको हो । बेहुला भने रथमा चढ्न बाँकी नै थियो ।
तपाईंको प्रतिकृया




