भारतमा एकैदिन थपिए २ लाख ८२ हजार काेराेना संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ। यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। अहिलेसम्म ८ हजार ९६१ जनामा कोभिडको नयाँ भेरियन्ट देखिएको छ।

पछिल्लो २४ घन्टामा यहाँ कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ। पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री