राष्ट्रिय सभाकाे बैठक अनिश्चितकालका लागि स्थगित

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरि बैठक तोकिएको थियो ।

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस