सामाजिक रुपान्तरणका लागि एकीकृत समाजवादीमा प्रष्ट दृष्टिकोण छ–माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताएका छन्।

पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनमा उनले विज्ञान र प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

मानव संशाधन विकासका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका रहने विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पूर्वाधार विकास, पर्यटन, जलविद्युत र उद्योगका क्षेत्रमा सरकारले लगानी वृद्धि गरेमा ठूलो सङ्ख्यामा रोजगारी बढ्ने बताए।

उनले राष्ट्रको प्रतिष्ठा उठाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले वडा तथा स्थानीय तहदेखि नै निर्माण प्रक्रियामा सुक्ष्मरुपमा नियमन गर्नुपर्ने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस