काठमाडौं । एनएमबि बैंकको साधारणसभाले सेयरधनीलाई १२ दशमलव ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । उक्त वार्षिक साधारण सभाद्वारा आव २०७७/७८ को नाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारणसभाद्वारा स्वीकृत बोनस सेयरपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने छ । शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी बैंके दिएकाे छ ।
तपाईंको प्रतिकृया



