कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा पौष २४ गते, वडा नं ५ का वडाध्यक्ष शिवप्रसाद कँडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माबाट संयुक्तरुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस