माओवादी नेता नारायणकाजी श्रेष्ठलाई काेभिड संक्रमण, हाेमआइसाेलेसनमा बसे

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ। पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख गरेका छन्।

‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु। हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन्।

माओवादी केन्द्रकाे पार्टी कार्यालयका कर्मचारी पनि संक्रमित भएकाले अध्यक्ष प्रचण्डले बिहीबारदेखि नै भेटघाट बन्द गरिसकेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन …

प्रतिकृया दिनुहॊस