फाइल फाेटाे

मुम्बईमा एकै दिन ९३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतको मुम्बईमा पछिल्लो २४ घण्टामा ९३ प्रहरीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार यससँगै मुम्बईमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

मुम्बईमा पछिल्लो २४ घण्टामा २० हजार १८१ नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै अहिले भारत संक्रमणको तेस्रो लहरको सामना गरिरहेको छ ।

जसमध्ये महाराष्ट्रमा सबैभन्दा नयाँ संक्रमित थपिइरहेका छन् । महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो । महाराष्ट्रको सबैभन्दा ठूलो सहरको रुपमा रहको मुम्बईमा सङ्क्रमण दर २९.९० प्रतिशत पुगेको छ । महाराष्ट्रमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । अहिलेसम्म महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन भरियन्टसहितको सङ्क्रमण पुष्टि भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस