भारतमा एकैदिन साढे २७ हजार संक्रमित थपिए, मास्क नलगाउनेलाई एक हजार जरिवाना

भारतमा फेरि कोभिड संक्रमण बढेको छ। आइतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन्। देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितकाे संख्या बढेकाे छ। दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो।

भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ। ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन्।

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागू गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिवाना तोकिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री