मोटरसाइकलसहित युवक मृक्त फेला, गाडीले ठक्कर दिएको अनुमान

काठमाडाैँ । पूूर्व पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशालाचोक नजिकै करिब ३० वर्षीय युवा मृत फेला परेका छन् । अक्षर सङ्केत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सो सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको छ ।

मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका-१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । आज साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्रहरी बिटका सशस्त्र प्रहरीले घाइतेलाई शुभस्वस्तिक अस्पताल बर्दिवास पुर्‍याएका थिए ।

अस्पतालका चिकित्सकले घाइतेको मृत्यु भइसकेको पुष्टि गरेपछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृतकका परिवारजन सम्पर्कमा आइसकेका र अब घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको …

प्रतिकृया दिनुहॊस