कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

प्रदेश-१ र बागमती प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्यसम्म बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ ।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस क्रममा प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस