एजेन्सी । महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन सङ्क्रमण देखिएको छ ।
नयाँ भेरियन्ट निकै सङ्क्रामक भएको विज्ञहरूले बताउँदै आएका छन् । भारतमा कोभिड सङ्क्रमित बढेपछि कर्फ्युलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।
सङ्क्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रिकालीन कर्फ्यु लगाइएको छ । नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरूमा फैलिएको छ । भारतमा अहिलेसम्म ९६२ जना ओमिक्रोन सङ्क्रमित भेटिएका छन्
तपाईंको प्रतिकृया




