चिकेन चिल्ली
चाहिने समाग्रीहरुः
छाला काढेको कुखुराको मासु ६०० ग्रा.
अण्डा १ वटा
मैदा ३० ग्राम
मकैको पीठो १५ ग्राम
नुन स्वाद अनुसार
तेल १÷२ लिटर
अदुवा र लसुनको पेष्ट २ चम्चा
भेडे खुर्सानी २०० ग्राम
प्याज १५० ग्राम
हरियो खुर्सानी काटेको ४ वा ५ वटा
ससको लागिः
तेल १५ मीली लिटर
लसुन पेष्ट २ चम्चा
भीनेगर १ चम्चा
खुर्सानीको रातो धुलो १ चम्चा
सोया सस १ चम्चा
नुन स्वाद अनुसार
मरिचको धुलो १ चम्चा
टमाटो केचप स्वाद अनुसार
पानी १०० मी.ली.
बनाउने विधि
पहिला कुखुराको मासु मनपर्ने आकारमा काट्ने र एउटा भाँडोमा राख्ने । त्यसमा अण्डा, मैदा, मकैको पीठो र नुन राखेर मोल्ने । राम्ररी मोलिसकेपछि कराईमा तेल तताउने । तेल तातीसकेपछि सुनौलो रंग आउने गरि राम्रोसंग मोलेको मासु फ्राइ गर्ने । फ्राइ गरिसकेपछि एउटा भाँडोमा राख्ने । राम्रोसंग तेल तताउने र तताइसकेपछि अदुवा, लसुनको पेष्ट र प्याजलाई फ्राइ गर्ने । फ्राइ गरेको भाँडोमा ग्रीन चिल्ली राख्ने र राम्ररी टुक्रा पारेको भेडे खुर्सानी पनि राखिदिने । त्यसपछि हट सस राख्ने र सुनौलो रंग आउनेगरी फ्राइ गरेको कुखुराको मासु राखेर केही मिनेटसम्म चलाईरहने । यति गरेपछि चिकेन चिल्ली खानकालागि तयार हुन्छ ।
प्रतिकृया दिनुहॊस