देशका विभिन्न ठाउँमा हिमपात, जनजीवन प्रभावित

देशका अधिकांश भागमा अहिले वर्षा भइरहेकाे छ । केही पहाडी र हिमाली भेगमा भने हिमपात भइरहेकाे छ। काठमाडाैंकाे चन्द्रागिरिमा पनि हिमपात भएकाे छ ।

साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ। पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेकाे हाे।

मुगुमा याे वर्ष पहिलाे पटक हिमपात भएकाे छ। हिमपातका कारण चिसाे बढेकाे छ। मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएकाे खबर आएकाे छ। डोल्पाकाे सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ।

मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।

मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ। हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य