विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्डे र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ।
पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन्। भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताए।
लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन्।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ।
साझाले विवेकशीलसँग पार्टी एकता गरेर पार्टी नै कब्जा गरेर पाण्डे लगायतका पूर्व विवेकशील पक्षलाई पार्टीविहीन बनाएको अवस्थामा पाण्डे र शर्माबीच छलफल भएको हो।
प्रतिकृया दिनुहॊस