कर्णाली प्रदेशले अब निर्यातमा पनि जोड दिनुपर्छ: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गरेका छन्। युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गरेका हुन्।

कर्णालीमा रहेका करोडौ रुपैयाँका बहुमुल्य वस्तु (जडिबुटी) लाई यही प्रशाेधन गरेर निर्यात गर्न सकिए सबै लाभान्वित हुने उनले बताए ।

मुख्यमन्त्री शाहीले याे क्षेत्रमा बहुमुल्य च्याउ, झ्याउ र स्याउ रहेकाे बताए। ‘तर, त्यसको व्यवस्थापन गर्न सकेका छैनौं,’ उनले भने, ‘त्यसलाई व्यवस्थित र बजारीकरण गर्न सकियो भने धनी हुन धेरै बेर कुर्नु पर्दैन।’

कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागू गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए। ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो।’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भए स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना हुनसक्थे।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री