नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ। नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, प्रमुख अनुभव अधिकारी (सि एक्स ओ) र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा समृद्धि फाइनान्सको तर्फबाट टिकानिधी लोहनी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) र विनोदराज पौडेल, प्रमुख प्रबन्धकले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौताको विस्तारसँगै नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्नेछ। सँगै, तिनीहरूले लेनदेन बैंकिङमा मूल क्षमताको लाभ उठाउन सक्छन्।
सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, समृद्धि फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सकाे चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ। साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्चस्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।
नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो, जसले विशेषगरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरीरहेको छ। समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो, जसले ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।
प्रतिकृया दिनुहॊस