गत २४ घण्टाभित्र नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार १८० जनाको पिसिआर परीक्षण र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार २७१ र एन्टिजेन परीक्षणबाट ९६ हजार १३१ रहेकाे छ।
निकाे हुनेकाे संख्या २८३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १० हजार ७८० पुगेकाे छ।
संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८५ रहेकाे छ।
नेपालमा हाल ४ हजार ९०६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७६ हजार ३३० खाेप लगाइएकाे छ।
काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ७७, भक्तपुरमा ८ र ललितपुरमा २८ संक्रमित थपिएका हुन्।




