“मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न”

मुक्तिनाथ विकास बैंक लि.ले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपती स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो  । त्यसैगरी बैंकले सुन्वाल–११, जारगह स्थित नेपाल प्रहरी युक्ति टे«निङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

ती कार्यक्रममा बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि , बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । याे अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको VISA Network बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएकाे छ ।

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after