शेयर बजारमा हरियाली, ७१.२० अंकले बढ्यो नेप्से

आइतबार शेयर बजार परिसूचक (नेप्से) ७१.२० अंकले बढेको छ। उच्च अंकको वृद्धिसँगै २९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। २.८२ प्रतिशत

आज बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएकाे छ। नेशनल लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी लगायतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज १५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ। ६७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने ११ कम्पनीकाे मूल्य स्थिर रहेकाे छ।

आइतबार २३१ कम्पनीको ८६ लाख कित्ता शेयर खरीदबिक्री हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।

आज फाइनान्स १.१२ र जलविद्युत् उपसमूहको सूचक ०.१२ प्रतिशतले घटेको छ भने बाँकी सबै उपसमूहको सूचक उकालो लागेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री