नौडाँडामा ट्रकसँग स्कुटर ठोकिँदा दुई जनाको मृत्यु

काठमाडाैँ । कास्कीको नौडाँडामा स्कुटर र ट्रक ठोकिँदा २ जनाको मृत्यु भएको छ । नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको हो ।

मृतक सुवेदीले चलाएको स्कुटर गए राती १२ बजे ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुवै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । घटनाबारे थप खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस