सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सयले बढेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि बुधबार सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १२६० मा कारोबार भइरहेको महसंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री