एमसीसी संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउने बारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्ने बताएका छन् ।

उनले यस अघि आफ्नै पार्टी एमालेले संसदको काम नरोकिने गरि जारी राखिएको संसद अवरोध एमसीसी पारित गराउने षड्यन्त्र त होइन भन्दै आशंका व्यक्त गरेका थिए ।

नेता रावलले भनेका छन्- ‘एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ । सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउने बारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य