कांग्रेस महाधिवेशनः उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

बुधबार राति सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइराला समूहबाट गुरुङ निर्वाचित भएका हुन्।

खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ मत अन्तरले जितेका हुन् ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए।

पूर्णबहादुर खड्का: २१२१ मत पाएर विजयी

धनराज गुरुङ: १९०८ मत प्राप्त गर्दै विजयी

विजयकुमार गच्छदार: १९०६ मत प्राप्त
चन्द्र भण्डारी: १५८०,
सुजाता कोइराला: ६४४,
महेश आचार्य: ५८९
दिव्यश्वरी शाह: १३२ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य