कांग्रेस १४औं महाधिवेशनः सानेपामा उपसभापतिको मतगणना सुरु

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ।

सोमबार सम्पन्न निर्वाचन अन्तर्गत उपसभापतिको मत गणना ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो ।

दुई जना उपसभापतिका लागि सातजना चुनावी प्रतिस्पर्धामा छन्। महेश आचार्य, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का र सुजाता कोइराला उपसभापतिको उम्मेद्वार रहेका छन्।

उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ। यसअघि आज बिहान सम्पन्न सभापतिको मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

५५ करोडको अनलाइन जुवा खेलाएको आरोपमा युवक पक्राउ

काठमाडौँ । सट्टेबाजी गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइनमार्फत विभिन्न खेलका …

प्रतिकृया दिनुहॊस