ग्लोबल आइएमई बैंकले सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको छ ।

बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरेका छन्।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्र लगायतका नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरुको व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस