काेराेना अपडेटः थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

गत २४ घण्टाभित्र नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्। ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ६ को मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य