शेयर बजारमा सामान्य गिरावट

शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौंथो दिन बुधबार सामान्य अंकले गिरावट हुँदै बन्द भएको छ। बुधबार उच्च उत्तार चढाबकाबीच १८९ कम्पनीको कारोबारमा ९६ वटा कम्पनीको शेयर कारोबार बढेको छ भने ८४ वटा कम्पनीको शेयर मूल्यम गिरावट र ९ वटा कम्पनीको शेयर मूल्य यथास्थितीमा नै रहेको नेप्सेले जनाएको छ।

यस दिन शेयर बजार मापक नेप्से परिसूचक ४ दशमलव २३ अंकले घट्दै २ हजार ४ सय १४ दशमलव ६२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ परिसूचक ० दशमलव ८९ अंकले घट्दै ४ सय ५९ दशमलव ४१ विन्दुमा झरेको छ। कुल २ सय २८ कम्पनीको ९८ लाख ७९ हजार १ सय ९ कित्ता शेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

यस दिन सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ। बुधवार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ५.३४ प्रतिशतले घटेको छ। कारोबारको आधारमा महालक्ष्मी विकास बैंक लिमिटेडको १६ करोड ५८ लाख ६२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस