म कुनै गुटमा छैन, दुईटै प्यानलमा मेरो नाम छ : शशांक

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाको समर्थनमा रहेको स्पष्ट पारेका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मतदानस्थल भृकुटीमण्डप पुगेका डा. कोइरालाले आफू शेखरको साथमा रहेको स्पष्ट पारेका हुन् ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ । तर, शशांकले भने यसलाई भ्रम भनेका छन् । ‘बाहिर के-के भनियो त्यो थाहा छैन । म शेखरसँगै छु,’ उनले भने ।

इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । यद्यपि शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य