शेयर बजारः ८८.७० अंकले घट्याे नेप्से

यो साताको पहिलो दिनको (आइतबार) कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ।

मौद्रिक नीतिको समीक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले तल झरेको छ। आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ। ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहिबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो।

आज सेन्सेटिभ इण्डेक्स १५.१५ अंक घटेर ४५०.०८ विन्दुमा झरेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ६.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१९ अंक घटेको छ। आज कारोबारमा आएका २२८ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबार २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.४५ प्रतिशत घटेको छ। विकास बैंक, ६.४१ प्रतिशत, जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतले घटेको छ। त्यस्तै, आज उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ।

आज सबैभन्दा बढी नयाँ सारथी लघुवित्तको १० प्रतिशत घटेका छ भने लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्सको सबैभन्दा बढी १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस