नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डको शव वाहन हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो।

अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुँदा, प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको हो। खरिद गरिएको शव वाहन अहिलेसम्मकै ठूलो र फराकिलो रहेको कम्पनीको दाबी छ।

आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ। साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after