देउवाको आग्रह- मैले हारे प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मलाई जिताउनुस्

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई जिताइदिन आग्रह गरेका छन् । ‘मैले हारेँ भने मलाई प्रधान मन्त्री बाट हटाउँछन्,’ लैनचौरको एक बैंक्वेटमा आयोजित कार्यक्रममा देउवाकाे याचना थियाे ।

यसकै लागि भएपनि महाधिवेशन प्रतिनिधिहरूले आफूलाई भोट दिनपर्ने उनको भनाइ थियो । ‘त्यसैले मैले जित्नैपर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् । त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला,’ देउवाले भनेका छन् ।

देउवाले कांग्रेसलाई सबैको पार्टी बनाउनुपर्ने पनि बताए । ‘कांग्रेसलाई सबैको पार्टी बनाउनुपर्छ,’ आदिवासी जनजाति प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले थपे, ‘कांग्रेस सबैको हो । प्रजातन्त्र आजको जरुरी कुरा हो । कांग्रेसभित्र प्रजातन्त्र छ । तपाईंहरूलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरूलाई थाहै छ ।’

देउवाले यसअघि गत २४ गते भएको उद्घाटन सत्रको मञ्चबाटै आफूलाई जिताइदिन अनुरोध गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस कार्यसम्पादन समितिले गर्‍यो एमालेसँगको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत …

प्रतिकृया दिनुहॊस