सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस अघि शुक्रबार ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। …

प्रतिकृया दिनुहॊस