मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । दलित खुलातर्फबाट शनिबार मनोनयन दर्ता गराएका उनले आज सो पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारहरूको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस कार्यसम्पादन समितिले गर्‍यो एमालेसँगको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत …

प्रतिकृया दिनुहॊस