एनसीसी बैंकले गर्‍यो सात वटै प्रदेशमा रक्तदान कार्यक्रम

काठमाडाैं । एनसीसी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ ।

बिहीवार बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लहान, बागमतीको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकीको पोखरा, लुम्बिनीको सिद्धार्थनगर, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी गरी ९ वटा शाखाहरूबाट रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रममा ५७१ प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडाैं, बागबजार निवासीका प्रेमसागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले कदर पत्र प्रदान गरेका थिए ।

साथै बैंकले २५ औं वार्षिकोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ खाता”, “एनसीसी सुगम सिल्भर मुद्दती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ खाता” र “एनसीसी सिल्भर रेमिट मुद्दती खाता” जस्ता निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after