ओली गुहार्दै वकिलहरू पुगे बालकाेट

काठमाडौँ । आन्दोलनरत वकिलहरू प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । कात्तिकदेखि प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएका वकिलहरूले पूर्वप्रधान मन्त्रीसमेत रहेका ओलीलाई भेटेर राजीनामा माग्ने बालकाेट पुगेका नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

ओलीले १२ बजेको समय दिएपछि आफूहरू बालकोट गएको उनले बताए । ओलीलाई भेट्न जाने टोलीमा अध्यक्ष श्रेष्ठसँगै जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी, बारका पूर्वअध्यक्ष शभ्मु थापा, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायत छन् ।

वकिलहरूले नेपाल बारकाे नेतृत्वमा प्रधान न्यायाधीश जबराकाे राजीनामा माग्दै आएका छन् । उनीहरूले प्रधान न्यायाधीशकाे राजीनामा न्यायालय सुधारकाे पहिलाे सर्त रहेकाे जिकिर गर्दै उनले जसरी भएपनि राजीनामा दिनुपर्ने दाेहाेर्‍याउँदै आएका छन् । यद्धपि, प्रधान न्यायाधीश जबराले आफूले सडक र सञ्चारमाध्यमबाट राजीनामा माग्दैमा नदिने अडान लिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस