कांग्रेस महाधिवेशनमा एसपी दिनेश मैनालीको कमाण्डमा दुई हजार सुरक्षाकर्मी

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमाण्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको काँग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौंलाई दिइएको छ । त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो संख्यामा सुरक्षाकर्मी थप गरिएको छ ।

सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ । यसैगरी स्वयंसेवक व्यवस्थापनको जिम्मा नेपाल भूतपूर्व सैनिक संघलाई दिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस