काठमाडौं । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट पत्रकारहरुलाई बोलाएर भने, ‘म अन्तिम पटक सभापति बन्छु, सहयोग गर्नुहोस् ।’ यो भन्दै गर्दा सभापति देउवा निकै उत्साही थिए ।
यही मङ्सिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ । प्रदेश तहको नजितासँगै सभापति देउवा बलियो बनेपछि उत्साही भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम सुरू भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा उम्मेदवारको टुङ्गो लागेको छैन । यता सभापति देउवा आफ्नो पक्षमा नतिजा पारन् सक्रिय भएका छन् ।
देउवा बलियो
कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।
नवनिर्वाचित प्रदेश सभापतिमा प्रदेश १ का थापा, बागमतीका बानियाँ, कर्णालीका शाही र सुदूरपश्चिमका बलायर कांग्रेस सभापति देउवा पक्षका हुन्। त्यस्तै, गण्डकीका शर्मा र लुम्बिनीका पुन वरिष्ठ नेता पौडेल पक्षका हुन् ।
यता नतिजा सार्वजनिक भएका विभिन्न ६१ जिल्लाहरुमध्ये ३२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रहेका नेताहरु २७ जिल्लाको नेतृत्वमा पुगेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका तीनजना सभापतिमा निर्वाचित भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । चार हजार ७ सय हालेका खुलेका प्रतिनिधिहरुको हिसाब गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहभन्दा देउवा करिब ७ सय मतले अघि रहेको तथ्याङ्गक छ ।
प्रदेश २ मा क्षेत्रीय तहको निर्वाचनमा संस्थापन समूहको पकड रहेको बताइन्छ । प्रदेश २ को अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश २ को नजितापछि अन्तिम चित्र देखिने कांग्रेस नेताहरुको दाबी छ । प्रदेश सभापतिका लागि श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । उपसभापति विमलेन्द्र निधिको पक्षबाट श्रीकृष्ण र देउवा पक्षबाट रामसरोजले उम्मेदवारी घोषणा गरेका हुन् । संस्थापन समूहमा देउवा एक्ला दाबेदार छन् । त्यस हिसाबले पनि उनलाई सजिलो छ ।
प्रदेशमाको नतिजा
देउवा समूह
प्रदेश १ –उद्धव थापा
बागमती– इन्द्रबहादुर बानियाँ
कर्णाली–ललितजंग शाही
सुदूरपश्चिम– वीरबहादुर बलायर
पौडेल समूह
लुम्बिनी–अमरसिंह पुन
गण्डकी– शुक्रराज शर्मा
जिल्लाको नतिजा
संस्थापन समूह जिल्ला सभापति
१) गजेन्द्रप्रसाद तुम्याहाङ-ताप्लेजुङ
२) मोहनविक्रम सिंह-हुम्ला
३) पूर्णबहादुर तामाङ (कान्छाराम)-रामेछाप
४) ऐनबहादुर शाही-मुगु
५) खडक बोहरा-बझाङ
६) खमबहादुर गर्बुजा-म्याग्दी
७) शंकर गुरुङ-मनाङ
८) केशरबहादुर बिष्ट-सल्यान
९ं) दीपेन्द्र शाही-डोल्पा
१०) भीमबहादुर साउद-डडेल्धुरा
११) कर्णबहादुर शाही-जुम्ला
१२) बेदराज सिंह-जाजरकोट
१३) रुपनारायण जवेगु-पाँचथर
१४) डा. टकबहादुर गुरुङ-लमजुङ
१५) नरेन्द्र बहादुर सिंह-डोटी
१६) तेजेन्द्र खनाल-ओखलढुंगा
१७) युवराज जोशी-पर्वत
१८) किशोरदत्त बराल-कास्की
१९) डम्बर खड्का-इलाम
२०) रामकृष्ण खाँण-रुपन्देही
२१) प्रेमप्रकाश वली-रुकुम पश्चिम
२२) जितेन्द्र श्रेष्ठ-ललितपुर
२३) तीर्थ लामा, काभ्रे
२४) पदम बोगटी-कञ्चनपुर
२५) खड्क पोखरेल-सुर्खेत
२६) जीतप्रकाश आले-तनहुँ
२७) हिमाल कार्की-उदयपुर
२८) दुर्लभ थापा-भक्तपुर
२९) अरुणप्रकाश सिंह राठौर-बर्दिया
३०) दिनेश राई-धनकुटा
३१) जाङ्बु शेर्पा
३२) पेम्बा छिरिङ तामाङ
संस्थापनइतर समूहका सभापति
१) दीपक खड्का-संखुवासभा
२) अम्मबहादुर शाही-कालीकोट
३) बर्मा लामा-दोलखा
४) रोमी गौचन-मुस्ताङ
५) शंकर डाँगी-दाङ
६) नन्दप्रसाद न्यौपाने-गोरखा
७) रामसिंह रावल-बाजुरा
८) केशव श्रेष्ठ, अर्घाखाँची
९) विष्णुकुमार गिरी-प्यूठान
१०) चतुरबहादुर चन्द-बैतडी
११) विनोद बान्तावा-भोजपुर
१२) अर्जुनबहादुर तुम्वाहाङ्फे-तेह्रथुम
१३) किशोर आचार्य, रोल्पा
१४) विष्णुकुमार राई-खोटाङ
१५) ललितसिंह बोहरा-दार्चुला
१६) राजु थापा-स्याङ्जा
१७-हिमालदत्त श्रेष्ठ, पाल्पा
१८-अर्जुनकुमार पोखरेल-पश्चिम नवलपरासी
१९) मणिराम रेग्मी-दैलेख
२०) अब्दुलकलाम-कपिलवस्तु
२१-रमेश महत-नुवाकोट
२२) कृष्ण बानियाँ (सबुज)-काठमाडौं
२३) रामनाथ अधिकारी-धादिङ
२४) खिलध्वज पन्थी-गुल्मी
२५) केशरमान रोका-रुकुम पूर्व
२६) डिगबहादुर लिम्बू
सिटौला समूहका सभापतिहरू
१) देउमान थेबे-झापा
२) केदार भण्डारी-सुनसरी
३) जीत शेरचन-बाग्लुङ
पौडेल समूहमा किचलो
संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाले सभापतिमा दाबी गरीरहेका छन् । चारै जना नेताहरुले प्रचारलाई तिव्र बनाएका छन् ।
डा.शेखरले कोइरालाले सोमबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गरेका थिए । छलफलमा उनले आफूले सभापतिमा जित्ने दाबी गरेका छन् । युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, सरिता प्रसाई, शोभाकर पराजुली, पुरञ्जन आचार्य लगायतलाई राखेर शेखरले भनेका छन्, ‘ १४औं महाधिवेशन २४ मंसीरमा शुरू हुँदै छ। त्यो भन्दा पहिले नै हामी चार जनाले टुंगो लगाइसक्नुपर्नेछ। टुंगो लागेन भने म चुनाव लड्ने हो। म चाहिं दोस्रो चरणमा पुग्छु भन्नेमा विश्वस्त छु। त्यसमा कुनै शंका छैन ।’
यता सिंहले महाधिवेशन तयारीका लागि मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सिंहले सम्पर्क कार्यालय खोल्दैछन् । मंगलबार बिहान उक्त सम्पर्क कार्यालय शुभारम्भ गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहॊस