काठमाडौं । केहि दिनयता देशभर चिसो झन बढेर गएको छ । आज देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
आज प्रदेश-१ र वागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश-१ र वागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने शाक्यले जानकारी दिइन् ।
काठमाडौंको आज बिहान साढे ६ बजेको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तराईका केही भाग र पहाडी भू-भागका थोरै स्थानमा कुहिरो र तुवाँलो लागेको यद्यपि विस्तारै हट्दै शाक्य बताउँछिन् ।
प्रतिकृया दिनुहॊस