सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो “सांग्रिला रेमिट”

पछिल्लो समय शाखा विस्तार तथा विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु समेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिरहेको सांग्रिला डेभलपमेन्ट बैंकले, देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहजरुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ।

यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमा गई नेपालभर आफ्नो इच्छाएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन्। बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषणको लागि हो भने विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिंग प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तराष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याइने छ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई हाल सम्म सफलताका सोह्रौं वर्ष पार गरिसकेको छ। सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा, ३१ एटिएम संचालनमा छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस