कुमारी बैंकको नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो।

यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन EMI सुविधा संचालनमा ल्याएको हो।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन्। उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन्।

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्त गरे।

यसका अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा QR Scan गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ। यस प्रविधिले QR भुक्तानीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि BNPL लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले व्यक्त गरे।

आगामी दिनहरुमा यस फोनेलोअनलाई अझ विस्तारित र विकसित गर्दै लगिने कुमारी बैंकका Chief Digital Banking अनिष ताम्राकारले व्यक्त गरे।

आफ्ना देशव्यापी १९६ शाखा–संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस