डिशहोमले सिम टिभी किन्ने, आजका दिनदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले सिम्पल मिडिया नेटवर्क प्रा.लि.(सिम टिभी) किन्ने सम्झौता गरेको छ । साे खरिद सम्झौता अनुसार डिशहोमले निकट भविष्यमै सिम टिभीको सेयर खरिद गर्ने छ । यसका साथै डिशहोमले सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आजै (असार ३२ गते) बाट लिने जानकारी दिएकाे छ ।

सन् २००९ मा स्थापना भएको डिशहोम नेपालको सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भई सकेको छ । निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा रहेकाे हामीलाइ जानकारी गराएकाे छ । उता  सिम टिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने धारणा व्यक्त गरेका छन् । डिशहोमले नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसनका साथै स्तरीय व्यवस्थापनमा झनै जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने …

प्रतिकृया दिनुहॊस