नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । त्यस्तै मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस भएका छन् । साेमबार बसेको मन्त्रीपरिषद बैठकले दुई जना राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

नियुक्ति सँगै मन्त्रिपरिषद् बैठकले गरेको सो नियुक्ति संविधान विपरित रहेको बताइएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले उनको नियुक्ति संविधान विपरित रहेको भनेका छन् । सामाजिक संजालमार्फत बहसमा ल्याएका छन् । संविधानको धारा २४५ को उपधारा ८ मा प्रमुख निर्वाचन आयुक्त भइसकेका व्यक्ति फेरि सरकारी पदमा रहन ग्राह्य नहुने उल्लेख गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …

प्रतिकृया दिनुहॊस